नियम ५
अभिलेख हेर्न, सार्न वा प्रतिलिपि लिन निवेदन दिनु पर्ने
(१) ऐनको दफा ९ मा उल्लिखित निषेधित अभिलेख बाहेक अन्य अभिलेख हेर्न, सार्न वा प्रतिलिपि लिन चाहने व्यक्तिले अनुसूची–१ बमोजिमको ढाँचामा राष्ट्रिय अभिलेखालयसमक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएमा राष्ट्रिय अभिलेखालयले निवेदकलाई त्यस्तो अभिलेख हेर्न, सार्न वा प्रतिलिपि लिन स्वीकृति दिन सक्नेछ ।